कांग्रेस विवाद : नियमित महाधिवेशन पक्षधरले बोलायो छुट्टै भेला

 संवाददाता    २०८२, १५ मंसिर आईतवार १२:०९     186 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि आज छुट्टै भेला गर्ने भएको छ।

 

एक केन्द्रीय सदस्यका अनुसार दिउँसो २ बजे मध्यवानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्याकेटमा बस्नेगरी भेला बोलाइएको हो।

 

 

भेलामा नियमित छलफलमा जुट्दै आएका ७० बढी केन्द्रीय सदस्य उपस्थित हुने उनले बताए।

 

समूहलाई एकताबद्ध राख्न तथा आगामी रणनीतिबारे छलफल गर्न भेला बस्न लागेको ती केन्द्रीय सदस्यले जानकारी दिए।

 

 

यो समूह विशेष महाधिवेशन गर्नै नहुने पक्षमा छ।

 

त्यसो त यो संस्थापन पक्ष पार्टीको १५औँ महाधिवेशन चुनावअघि गर्न नहुने अडानमा पनि छ।

 

नियमित महाधिवेशन त्यो पनि वैशाखमा गरिपर्ने अडान यो समूहले लिएको छ।

 

यसैबीच नियमित कि विशेष महाधिवेशन भन्ने विवाद टुंग्याउन आजै दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास (महाराजगन्ज) मा पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल हुँदै छ।