सुदूरपश्चिममा एमाले महाधिवेशन प्रतिनिधि छनोट : कतै सर्वसम्मत कतै निर्वाचन

 संवाददाता    २०८२, १५ मंसिर आईतवार १२:०३     116 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशमा पनि प्रतिनिधि छनाेट भएका छन्।

 

सुदूरपश्चिचमबाट १४१ जना प्रतिनिधि छनोट भएको एमालेले जनाएको छ। एमालेकाे ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।

 

 

सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रबाट १२९, कलस्टरबाट ७ र प्रदेश कमिटीबाट ५ गरी १४१ जना प्रतिनिधि छनोट भएका हुन्।

 

कैलालीबाट ३०, कञ्चनपुरबाट १६, अछामबाट १५, बाजुराबाट १६, बैतडीबाट १५, दार्चुलाबाट १२, डोटी र बझाङबाट १०–१० तथा डडेल्धुराबाट ५ जना प्रतिनिधि महाधिवेशनका लागि छनोट भएका छन्।

 

 

यस्तै, कैलाली र कञ्चनपुरबाट कलस्टरतर्फबाट ७ जना प्रतिनिधि छनोट भएका छन्। कैलाली र कञ्चनपुरका ५ क्षेत्रमा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएकाे छ।

 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दका अनुसार कैलालीको क्षेत्र नम्बर १, ४, ५ र कञ्चनपुरको क्षेत्र नम्बर १, ३ मा प्रतिनिधि छनोटका लागि मतदान भएको छ।

 

कञ्चनपुर क्षेत्र नम्बर १ बाट खुलातर्फ बीरबहादुर थापा ६३९ र पल्लभराज भट्ट ४९८ मतसहित प्रतिनिधि चयन भएका छन्। महिलातर्फ कमला चौधरी ५१९ र कल्पना गिरी ५१४ मत र युवातर्फ कासीराम बोहरा ५२१ मतसहित प्रतिनिधिमा विजयी भएका छन्।

 

कञ्चनपुर क्षेत्र नम्बर ३ मा खुलातर्फ दीपक प्रकाश भट्ट ५६७, जनकराज अवस्थी ३३७ र युवातर्फ ओम बस्नेत ३५१ मतसहित प्रतिनिधि निर्वाचित भएका छन्।

 

बाजुरामा खुला, महिला, दलित र युवा कोटा गरी १६ जना प्रतिनिधि सर्वसम्मत छानिएका छन्।

 

खुला तर्फ ७ जना छानिएका छन्। लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् चयन भएका छन्।

 

४ महिलामा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ छानिएका छन्। दलिततर्फको ४ जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की छानिएका छन्। ४० वर्ष मुनिको युवा कोटा नरेश रोकाया सर्वसम्मत छानिएका छन्।

 

बैतडीमा १५ जना प्रतिनिधि छानिएका छन्। खुल्लातर्फ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र बहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा प्रतिनिधि चयन भएका छन्।

 

महिलातर्फ धाना धामी, सकुन्तला साउद, पार्वती कार्की र सरस्वती कोली, दलिततर्फ नरेश कुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की तथा युवातर्फ गोविन्द्र गिरी प्रतिनिधि छानिएका छन्।

 

डडेल्धुरामा ५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। खुलामा गजेन्द्र बहादुर शाही, गजेन्द्र शाही, दलिततर्फ चक्र प्रसाद स्नेही, युवामा ज्ञानेन्द्र सिंह भाट र महिलामा कृष्णा ओझा प्रतिनिधि छानिएका छन्।