अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तेस्रो विश्वका देश’बाट अमेरिकामा आप्रवासन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएका छन्। ती देशका नागरिकका कारण अमेरिकामा समस्या बढेको भन्दै उनले यस्तो धम्की दिएका हुन्।
वासिंटन डिसीमा हाल एक आप्रवासीको गोली प्रहारबाट नेसनल सेक्युरिटीगार्डको मृत्यु भएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आप्रवासनका लागि दिइएको स्वीकृत खारेज गर्ने र सधैँका लागि कतिपय देशबाट आप्रवासन रोक्ने धम्की दिएका छन्।
एक अफगानी आप्रवासीले नेसनल गार्डमाथि गोली हानेको खुलेको छ। अफगानी आप्रवासी रहमनुल्लाह लकन्वालले गोली हानेको बताइएको छ। अफगानिस्तानमा अमेरिकी सैनिकलाई सहयोग गर्नेहरूलाई दिइएको आप्रवासन सुविधाअन्तर्गत उनी अमेरिका गएका थिए। विगतमा उनले अफगानिस्तानमा अमेरिकी गुप्तचर निकाय सिआइएका लागि जिपिएस ट्रयाकर विशेषज्ञ भएर काम गरेका थिए।
राष्ट्रपति ट्रम्पले आफ्रवासीविरुद्ध सुरुदेखि नै आक्रामक कार्यत्रमहरू ल्याउँदै आएका छन्।