गृहमन्त्री ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच वार्ता जारी छ। उनीहरूबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भइरहेको हो।
सामाजिक शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई यसअघि प्रहरीले घरबाटै पक्राउ गरेको थियो। तर सर्वोच्च अदालतले छाड्ने आदेश दिएपछि उनी छुटेका थिए। त्यसअघि उक्त अभियानले आन्दोलनको घोषणा पनि गरेको थियो।
छुटेलगत्तै उनले प्रहानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले आग्रहपछि आन्दोलन स्थगित भएको बताएका थिए। उनी मंसिर ७ गते ७ दिन हिरासत बसेर निस्किएका हुन्।
मंसिर ६ गते राति सरकार र प्रसाईंको अभियानका प्रतिनिधिबीच वार्ताबाट निकास खोज्ने सहमति भएको थियो।