काठमाडौंबाट पेस्तोलसहित टेलर संचालक पक्राउ

 संवाददाता    २०८२, १३ मंसिर शुक्रबार १७:२४     180 जनाले पढ़िसके



Spread the love

काठमाडौंको नागार्जुन नगरपालिकाबाट पेस्तोलसहित एक टेलर संचालक पक्राउ परेका छन्।

 

 

बिहीबार बेलुकी नागार्जुन– ६ रामकोट सिभिल होमनजिकै टेलर सञ्चालन गरी बस्ने तनहुँको भानु नगरपालिका– ९ का ४१ वर्षीय मनोज कुमार सुन्दासलाई प्रहरीले पक्राउ गरेको हो।

 

 

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुन्दासको कोठा खानतलासी गर्दा एक थान पेस्तोल, एक थान म्याग्जिन र आठ राउण्ड गोलिसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

प्रहरीले सुन्दासलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।