चुनावपछि नेकपाले देशको नेतृत्व गर्छ : रावल

 संवाददाता    २०८२, १३ मंसिर शुक्रबार १७:२३     183 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले आगामी चुनावपछि जनताको मतादेश ल्याएर आफूहरूको दलले देशको नेतृत्व गर्ने दाबी गरेका छन्।

पार्टीको धनगढीमा जारी एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले आगामी निर्वाचनबाट जनताको अभिमत लिएर देशको नेतृत्व गर्न तयार रहेको बताए। उनले देशलाई विकास र समृद्धिको बाटोमा लैजान, देशको स्वाधीनताको रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टीलाई मत दिन आग्रह गरे।

रावलले नेपाली कम्युनिस्ट पार्टी निर्वाचनमा जान तयार रहेको उल्लेख गर्दै निर्वाचनको वातावरण तयार गर्न सरकारलाई आग्रहसमेत गरे। उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारका कारण मुलुक खरानी भएको आरोप लगाउँदै ओलीकै कारण तत्कालीन नेकपा विभाजन भएको बताए।