नेपाली कम्युनिस्ट पार्टीले धनगढीमा आज पार्टी एकता सन्देश सभा गर्दै छ। सभालाई सम्बोधन गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल धनगढी आइपुगेका छन्।
श्री एयरलाइन्सको नियमित उडानबाट केहीबेरअघि धनगढी पुगेका दुवै नेतालाई स्वागत गर्न ठुलो संख्यामा नेता–कार्यकर्ता धनगढी विमानस्थल पुगेका थिए । सन्देश सभा सुरु हुनुअघि नेपाली कम्युनिस्ट पार्टीले धनगढीको दुई ठाउँबाट र्याली निकाल्दै छ। धनगढी चौराहा र क्याम्पसचोकबाट सुरु हुने र्याली रंगशालापछाडिको खुला भागमा पुगेपछि आमसभा सुरु हुनेछ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत वामपन्थी दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकताको सन्देश आमनागरिकमा प्रवाह गर्न सातै प्रदेशमा सन्देश सभा गर्दै छ । त्यसअन्तर्गत धनगढीबाट पार्टी एकता सन्देश सभा सुरु हुन लागेको हो।