चितवन राइनोजविरिुद्ध काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने

 संवाददाता    २०८२, १३ मंसिर शुक्रबार ११:४३     127 जनाले पढ़िसके



Spread the love

काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले केही बेरमा सुरु हुने खेलमा चितवन राइनोजविरिुद्ध काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेपछि काठमान्डुले ब्याटिङ गर्ने भएको छ।

काठमान्डुले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

चितवनले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। अमर सिंह राउटेलाको स्थानमा रिजन ढकाल सुरुवाती ११ मा आएका छन्।

लिगमा चौथो खेल खेल्न लागेको चितवन तेस्रो जितको खोजीमा हुनेछ। लिग चरणमा पाचौँ खेल खेल्न लागेको काठमाडौ तेस्रो जितको खोजीमा हुनेछ। चितवन र काठमाडौको अंक तालिकामा समान ४ अंक छ। प्लेअफ सम्भावना जिवित राख्न यी दुई टोलीलाई जित्नै पर्ने दबाब छ।

चितवन राइनोज
कुशल मल्ल, देव खनाल, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार, दिपक बोहोरा, कमल सिंह ऐरि, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर

काठमान्डुको टोली
करण केसी (कप्तान), शाहब आलम, रसिद खान, दिपेश कडेल, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चाल्र्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरासमस, जोहन सिम्पसन