२ दिनमा ६१ सय बढेको सुनको मूल्य आज घट्यो

 संवाददाता    २०८२, १२ मंसिर बिहीबार १२:११     178 जनाले पढ़िसके



Spread the love

दुई दिनमा तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ।

 

तोलामा चारसय रुपैयाँ घटेर सुनको मूल्य आज दुई लाख ४८ हजार चारसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

 

यसअघि गएको मंगलबार सुन तोलामा ५२ सय र बुधबार नौसय रुपैयाँ बढेको थियो। सोमबार भने सुनको मूल्य तोलामा १९ सय घटेको थियो।

 

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

 

 

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६० रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार दुईसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।