कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई जना घाइते

 संवाददाता    २०८२, १२ मंसिर बिहीबार ११:५१     118 जनाले पढ़िसके



Spread the love

कान्तिपथमा भएको दुर्घटनामा स्कुटरचालकको मृत्यु भएको छ।

 

 

काठमाडौं महानगरपालिका– २७, कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा.८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ओखलढुंगा लिखु गाउँपालिका– ९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको छ ।

 

 

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुईजनामध्ये एकजनाको सोही अस्पतालमा र एकजनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।