आज बस्ने भनेको कांग्रेस बैठक फेरि सर्‍यो

 संवाददाता    २०८२, १२ मंसिर बिहीबार ०९:३६     108 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।

 

पटकपटक बस्दै नबसी स्थगित भएर आजका लागि सरेकाे कांग्रेस केन्द्रीय कार्य समितिको बैठक फेरि भाेलिका लागि सरेकाे हाे।

 

 

अब शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेगरि आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

 

यही मंसिर १ गते बस्ने भनिएको बैठक बस्दै नबसी पटकपटक सर्दै आएको छ।

 

 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै दुई महिना अघिदेखि जारी छ। महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा कांग्रेसभित्र तीव्र विवाद छ।

 

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले हिजो काठमाडौँमा भेला गरेर सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन्।

 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले तुरुन्तै विशेष महाधिवेशन गरेर युवा पुस्तालाई नेतृत्व सुम्पिन संस्थापन पक्षलाई दबाब दिँदै आएका छन्।

 

विशेष महाधिवेशन पक्षधरकाे हिजाेका भेलामा बाेल्ने वक्ताहरूले महामन्त्री थापालाई अब पार्टीको नेतृत्व सुम्पिनुपर्ने बताएका छन्।