प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार तथा सचिवालय टिम थप छरितो बनाएकी छन्।
प्रधानमन्त्री नियुक्त हुँदा २० जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा त्यो संख्या कटौती गरी ६ जनामा झारिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बुधबार जारी विज्ञप्ति अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार–१, जनसम्पर्क सल्लाहकार–१, प्रमुख स्वकीय सचिव– १, प्रेस संयोजक–१, स्वकीय शाखा अधिकृत (फोटोग्राफर)–१ र जनस्वास्थ्य विज्ञ (अवैतनिक)–१ गरी ६ जना मात्र कायम राखिएको छ। बाँकी सबै पदको नियुक्ति यही मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएको छ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम छ।
यसअघिका सरकारहरूमा प्रायः सबै पदमा नियुक्ति गर्ने प्रचलन थियो।
६६ जनाको दरबन्दीको ठाउँमा हामीले २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज गर्दै आएकोमा त्यसमा समेत कटौती गरी अझ छरितो बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जनाएका छन्।
हालै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले लाई नियुक्त गरेको भन्दै विवाद भएको थियो। विवादपछि प्रधानमन्त्री कार्कीले संगीतासहित १४ जनालाई हटाएकी हुन्।
