जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। मंसिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मंगलबार राति भगवान रामजानकीको विवाह सम्पन्न भएसँगै सप्तहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो।
रामजानकीकको वैवाहिक कार्यक्रममिथिला संस्कृतिअनुसार सम्पन्न भयो। वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भूमिका निर्वाह गरेका थिए। महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए।
वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधु सन्त, जनकपुरधामका प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहेको थियो। यसअघि विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर सम्पन्न भएको थियो। राम जानकीको स्वयम्वर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै उर्लिएको देखियो।
स्वयम्वरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्वगर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो। जानकीमन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राममन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए।
दुवै मन्दिरका डोलासँग साधु सन्तहरुसँगै हजारौँ श्रद्धालुहरुको पनि पनि सहभागिता थियो। स्वयम्वरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरुले राम मन्दिरका डोलालाईविशेष पूजा गरे। पूजापछि रामको डोलालाई जानकीको डोलाले सातपटक परिक्रमा गरेको थियो।