अंशबन्डाको निहूँमा छोराको कुटपिटबाट बाबुको ज्यान गयो

 संवाददाता    २०८२, ११ मंसिर बुधबार १०:२३     185 जनाले पढ़िसके



Spread the love

नवलपुरको हुप्सेकोटमा अंशबन्डाको निहूँमा छोराको कुटपिटबाट बाबुको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले कुटपिट गरी हत्या गरेका हुन्।

स्थानीयका अनुसार अंशबन्डाको विवादमा गएराति छोराले मापसे गरी ६० वर्षीय बुवालाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए। गम्भीर घाइते रामबहादुर विकको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा गएराति मृत्यु भएको हो।

प्रहरीले बुवाको हत्या गर्ने सन्तकुमार विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।