प्रचण्ड भन्छन्– निर्वाचनको वातावरण बनाउन सरकारलाई उत्प्रेरित र दबाब दिन्छौँ

 संवाददाता    २०८२, १० मंसिर मंगलवार १५:५३     70 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले जेन–जी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताए।

उनले भने, ‘जेन–जी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ। यस्तो वेला आउन लागेको निर्वाचनका लागि वातावरण बनाउन जनतालाई अपिल गर्नेछौँ। राजनीतिक दलहरूलाई अपिल गर्नेछौँ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौँ। दबाब पनि सिर्जना गर्नेछौँ र देशमा अहिले देखापरेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्नेछौँ।’

यस्तै, उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अगाडि बढाइएको पनि उनको भनाइ छ।