प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढ्यो

 संवाददाता    २०८२, १० मंसिर मंगलवार १४:५८     82 जनाले पढ़िसके



Spread the love

साताको तेस्रो दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक मंगलबार करिब साढे ३ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ३.६१ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ।

प्रि-ओपन सेसनमा ६८ वटा स्क्रिप्सको पाँच हजार ९७७ कित्ता २८ लाख ७१ हजार ७४७ रुपैयाँमा खरिद–बिक्री भएको छ । कारोबारमा आएकामध्ये ३५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। चार स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।