साताको तेस्रो कारोबार दिन (मंगलबार) स्थानीय बजारमा सुनको मूल्यमा उच्च अंकको वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि आइतबारको तुलनामा १ हजार ९ सय रुपैयाँले घट्दै सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्यमा उच्च वृद्धि भएकै दिन चाँदीको मूल्य पनि उच्च अंककै नै बढेको छ । सोमबारको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार प्रतितोला ३ हजार ११५ रुपैयाँ थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा पुन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ४ हजार १४४ डलर छ भने चाँदी प्रतिऔंश ५१.५२ डलर छ ।