मधेस प्रदेशमा आज सार्वजनिक बिदा

 संवाददाता    २०८२, १० मंसिर मंगलवार ०९:०५     204 जनाले पढ़िसके



Spread the love

विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम-सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले सोमबार सूचना जारी गर्दै आज मधेसमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्।

जनकपुर मिथिलाको प्राचीन राजधानी हो। यहाँ हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह महोत्सव हुँदै आएको छ।