सिंहदरबार प्रवेश नपाएका जेनजीले टाँसेको मागपत्रमा यी ८ माग

 संवाददाता    २०८२, ९ मंसिर सोमबार १८:४८     187 जनाले पढ़िसके



Spread the love

सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँस्न बाध्य भएका छन्।

उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा दर्ता भएका दल तथा पूर्व सांसद-मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्नेसम्मका माग अघि सारेका छन्।

जेनजी समूहले राजनीतिक दलहरूको आर्थिक क्रियाकलाप, जनप्रतिनिधिहरूको सम्पत्ति र सरकारी संयन्त्रको पारदर्शिताबारे तत्काल कदम चाल्न सरकारलाई चेतावनीसमेत दिएको छ।

अभियन्ता सुशील बुढाथोकीका अनुसार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री दुवैको मोबाइल फोन स्विच अफ रहेकाले सम्पर्क नै सम्भव नभएको बताए।

यस्ता छन् जेनजीका मागः