नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणमा सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्यका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौता नेसनल फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज गुरागाईं र सन्राइज क्यापिटलका सिइओ विजयलाल श्रेष्ठले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेसनल फन्डले १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ता आइपिओ जारी गर्नेछ ।
साथै, कम्पनी कोष व्यवस्थापक रही पुँजी संकलन कार्य सम्पन्न गरी विविधीकृत प्राइभेट इक्विटी फन्डका रूपमा ‘नेसनल इक्विटी फन्ड–१’ र ऊर्जा क्षेत्रलक्षित प्राइभेट इक्विटी फन्डका रूपमा ‘नेसनल हाइड्रो फन्ड–२’ सञ्चालन गर्दै आएको छ ।