मसी प्रहारपछि महेश बस्नेतले भने- आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय

 संवाददाता    २०८२, ८ मंसिर आईतवार १४:१४     246 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका नेता महेश बस्नेतले आफूमाथि मसी प्रहार गर्ने घटनाप्रति आपत्ति जनाएका छन्। आइतबार बिराटनगरमा उनी सवार गाडीमाथि रातो मसी प्रहार भएको थियो।

त्यसबारे बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै त्यसलाई ‘गम्भीर र निन्दनीय’ भनेका छन्। लोकतन्त्रमा विरोध-प्रदर्शनको मर्यादा हुने उल्लेख गर्दै शान्तिपूर्ण रूपमा सभा-जुलुस गर्ने तथा देशभर स्वतन्त्र रूपमा आउजाउ गर्ने हक सबै नागरिकको अधिकार भएको स्मरण गराएका छन्।

‘आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन,’ बस्नेतको भनाइ छ।

घटनापछि प्रहरीले देखाएको तत्परताप्रति उनले धन्यवादसमेत व्यक्त गरेका छन्। ‘हिंसा होइन-विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत नै देश अगाडि बढ्छ,’ बस्नेतले भनेका छन्।