एनआइसी एसिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो कर्जा योजना ल्याएको छ । बैंकले सेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यो योजना ल्याएको जनाएको छ ।
योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोडसम्म कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।
प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको सुविधायुक्त यस कर्जामार्फत ग्राहकलाई सहजै कर्जा प्रदान गर्ने रणनीति बैंकले लिएको छ ।
कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो समाधान गर्न बैंकले कर्जा सहायता केन्द्रसमेत स्थापना गरेको जनाएको छ