काठमाडौं, मंसिर ६ (नोभेम्बर २१, २०२५)
भारतीय राजदूतावास, काठमाडौं र एआई एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा आज (शुक्रबार) काठमाडौंमा “समावेशी विकासका लागि एआई : नेपालको एआई भविष्य निर्माण” (AI for Inclusive Growth: Building Nepal’s AI Ready Future) विषयक एक दिने सम्मेलन आयोजना गरिएको छ।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय, ‘डिजिटल इन्डिया’ र ‘इन्डिया एआई’ (INDIAai) को विशेष सहयोगमा आयोजित यस कार्यक्रमको उद्देश्य नेपालमा कृत्रिम बौद्धिकता (Artificial Intelligence) को विकास र प्रयोगका सम्भावनाहरू खोजी गर्नु रहेको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
उद्घाटन सत्र: कार्यक्रमको सुरुवात एआई एसोसिएसन अफ नेपालका अध्यक्ष श्री शैलेन्द्र राज गिरीको मन्तव्यबाट भएको छ। उक्त अवसरमा डिजिटल सोसाइटी इनिसिएटिभका निर्देशक अनिर्बन शर्माले एआई इम्प्याक्ट समिटको बारेमा जानकारी गराएका थिए।
मुख्य वक्ताहरू: ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ का सीईओ श्री अमिताभ नागले मुख्य प्रस्तुति (Key Note Speech) दिने कार्यक्रम छ। साथै, नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विशेष सम्बोधन गरेका थिए।
प्यानल छलफल: दिउँसोको सत्रमा ‘नेपालको विकासका लागि एआईको प्रयोग’ (Leveraging AI for Nepal’s Growth) विषयमा विस्तृत प्यानल छलफल भएको छ। यसमा सञ्चार मन्त्रालयका सह-सचिव आदेश खड्का, रोबोटिक्स एसोसिएसनका अध्यक्ष विकास गुरुङ, वृद्धि संजालका संस्थापक शिक्षित भट्ट लगायतका विज्ञहरू सहभागी हुनेछन्।
कार्यशाला (Workshop): कार्यक्रमको अन्त्यमा एआई टुल्स र आर्किटेक्चर (AI Tools and Architecture) सम्बन्धी प्राविधिक कार्यशाला सञ्चालन भएको छ। जसलाई दर्शन पराजुली र राम शर्मा भट्टराईले सम्बोधन गरिरहेका छन। त्यस्तै डिजिटल इन्डिया भाषिनिका वरिष्ठ प्रबन्धक अजयसिंह रजावतले सम्बोधन गर्नेछ्न।
यो सम्मेलनले नेपालको आईटी क्षेत्रमा एआईको प्रयोग बढाउन र भारतसँगको प्राविधिक सहकार्यलाई थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमको समापन नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको मन्तव्यसहित हुनेछ।