सुदूरपश्चिम रोयल्सलाई पहिलो ओभरमै झड्का लागेको छ भने एक रन बनाउँदै दुई विकेट गुमाएको छ।
काठमाडौं गोर्खाजका बलर करण केसीले सुदूरपश्चिमका दुई विकेट लिएको हो। उनले सुदूरपश्चिमका प्रारम्भिक ब्याटर जोस ब्राउन र विनोद भण्डारीलाई आउट गरेका हुन्।
यो सुदूरपश्चिमको पहिलो खेल हो भने काठमाडौँको दोस्रो खेल हो। पहिलो खेलमा काठमाडौंले जनकपुरलाई पराजित गरेको थियो।