सेयरबजार करिब ५ अंकले घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेको हो।
योसँगै बजारमा ८३ लाख ८८ हजार कित्ता सेयर बिक्री भएको छ। बुधबार उक्त बिक्रीसँगै ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ। यसअनुसार ७७ वटा सेयरको मूल्य बढेको छ भने १७० वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
आज माबिलिङ इनर्जी र दरम खोला हाइड्रोको सेयरमा सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र हिमस्टार ऊर्जा कम्पनी तथा बुंगल हाइड्रोको सेयर पनि सर्किटकै तहमा बढेको नेप्सेले जनाएको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.०३ प्रतिशतले घटेको छ। अन्य सेयर अधिकतम ४.८७ प्रतिशतसम्मले घटेका छन्।
कारोबारको हिसाबले वरुण हाइड्रोपावरको सेयर २७ करोडको सेयर किनबेच भएको छ भने साहस ऊर्जा १९ करोड, राधी विद्युत् १५ करोडको कारोबार भएको छ।