ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

 संवाददाता    २०८२, ४ मंसिर बुधबार ११:१८     111 जनाले पढ़िसके



Spread the love

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुदा ४ घर जलेका छन्।

मिक्वाखोला गाउँपालिका-४ स्थित तेम्बा बजारमा गएराति आगलागी भएको हो।

आगलागीबाट तेम्बा बजारका चार घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

राति करिब ११ बजेतिर आगलागी भएको हो।

आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको छ।

आगलागी भएका सबै घरमा पसल थिए।