नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताएका छन् ।
विघटित प्रतिनिधिसभाका नेकपा एमालेसम्बद्ध सदस्यहरूको बैठकमा आज उनले संसद् पुनर्स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताए ।