फैसलाको प्रतिलिपिबापत १२ हजार घुस, जिल्ला अदालतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

 संवाददाता    २०८२, ४ मंसिर बुधबार ०९:३०     123 जनाले पढ़िसके



Spread the love

फैसलाको प्रतिलिपि दिन सेवाग्राहीसँग घुस लिने जिल्ला अदालत बाँकेका नायब सुब्बा (नासु) रामप्रसाद धमलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको अवस्थामा मुद्दा मिसिल अभिलेख रहेको फाँट ‘क’मा कार्यरत धमलालाई नियन्त्रणमा लिएको थियो।

धमलाले बैनाबट्टा लेनदेन मुद्दामा अदालतबाट भएको फैसलाको प्रतिलिपि उपलब्ध गराइदिने प्रयोजनको लागि १२ हजार रुपैयाँ लिएको पाइएको अख्तियारले जनाएको