कपडा तस्करीको आरोपमा दुईजना पक्राउ

 संवाददाता    २०८२, ४ मंसिर बुधबार ०९:२५     109 जनाले पढ़िसके



Spread the love

बिलबिजक र भन्सार प्रज्ञापनविना कपडा तस्करी गरेको आरोपमा दुईजनालाई प्रहरीले एक लाख ८० हजारबराबरको सुर्तासुरुवालसहित पक्राउ गरेको छ।

मंगलबार कपडा तस्करी गरेको आरोपमा सुनसरीको देवानगन्ज गाउँपालिका– ७ का मनीष यादव र विराटनगर– ४ का तनवीर मुस्ताकिन कपडा बोकेको पिकअप भ्यान र एक लाख ७९ हजार ९ सय रुपैयाँको कुर्तासुरुवालसहित पक्राउ परेका हुन्।

यादव र मुस्ताकिनले भारतीय बजार जोगबनीबाट स्कुटरमा भन्सार छली गरेर कपडा ओसारपसार गर्दै विराटनगर– ४ स्थित शारदा अग्रवालको घरको गोदाममा भण्डारण गर्ने गरेका बताइएको छ। भण्डारण गरिएका अबैध कपडाहरु उनीहरुले कोशी प्रदेशका विभिन्न बजारहरुमा पठाउने गरेको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेको भ्यान र कपडासहित दुवैजनालाई प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।