विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने

 संवाददाता    २०८२, ३ मंसिर मंगलवार १६:१८     124 जनाले पढ़िसके



Spread the love

पोखरा एभेन्जर्ससँगको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा पोखराले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्न लागेको हो। यसअघि भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो।

विराटनगरको टोली : सन्दीप लामिछाने, प्रतिश जीसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रजाने, हेनरी जर्ज, मार्टिन गप्टील, मर्चेन्ट डि लाङगे।

पोखराको टोली : कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविशेक तिवारी, आकाश चन्द, तिर्थराज दास, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम, म्याट टेलर।