मतदाता सूचीमा ६ लाख २९ हजारभन्दा बढीले लेखाइसके नाम, पुरुष-महिला कति? अन्य पनि छन् कि?

 संवाददाता    २०८२, ३ मंसिर मंगलवार ११:४८     100 जनाले पढ़िसके



Spread the love

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ गतेसम्म ६ लाख २९ हजार ३४८ जनाले मतदाता सूचीमा नाम लेखाएका छन्।

 

 

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार सोमबार राति ९:३० बजेसम्म ३ लाख ६२ हजार ५०५ पुरुष, २ लाख ६६ हजार ७९३ महिला र अन्य ९ जना मतदाता सूचीमा सूचीकृत भएका हुन्।

 

आयोगका अनुसार यसमध्ये राष्ट्रिय परिचयपत्रका आधारमा ३ लाख ८ हजार ५८५ जना मतदाता सूचीमा आबद्ध भएका हुन्।

 

 

निर्वाचन आयोगले मतदाता विवरण दर्ताका लागि मंसिर ५ सम्मको समय थप्दै कात्तिक २७ देखि राष्ट्रिय परिचयपत्रका आधारमै नाम लेखाउन सकिने व्यवस्था गरेको हो।