एएफसी एसियन कप छनोट : नेपाल आज मलेसियासँग भिड्दै

 संवाददाता    २०८२, ३ मंसिर मंगलवार ११:२३     101 जनाले पढ़िसके



Spread the love

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) घरेलु टोली मलेसियासँग भिड्दै छ।

मलेसियामा हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ।

पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले पराजित भएको छ।

नेपालले उक्त प्रतिस्पर्धा घरेलु मैदानमै खेल्न पाउनुपर्ने थियो।

तर एएफसीले काठमाडौँस्थित दशरथ रगंशाला अयोग्य भनेपछि नेपाली फुटबल टोली विपक्षीको मैदानमा खेल्न बाध्य भएको थियो।

नेपाल यसअघि नै लगातार चौथो हार बेहोर्दै २ खेलअगावै समूह चरणबाट बाहिरिसकेको छ।

नेपालले अब समूह चरणका २ खेल खेल्न बाँकी छ। तर दुवै खेल जिते पनि नेपाल एसियन कपमा छनोट हुने छैन।

तालिकामा अंकविहीन नेपाल समूह एफको पुछारमा छ।

समूह चरणका खेलमा ८ गोल खाएको नेपालले मात्र २ गोल फर्काएको छ।

समूह चरणको पहिलो खेलमा नेपाल लाओससँग २–१ ले पराजित भएको थियो।

पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले हारेको थियो।

यस्तै दोस्रो खेलमा १–० ले पराजित भएको थियो।