दलितमाथि भेदभाव गर्नेलाई आजीवन कारावासको कडा कानुन बनाऊँ : वामदेव गौतम

 संवाददाता    २०८२, २ मंसिर सोमबार १७:२९     109 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित समुदायमाथि हुने भेदभावलाई उन्मूलन गर्न अत्यन्त कडा कानुनी व्यवस्था आवश्यक पर्ने बताएका छन्।

 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै गौतमले ‘दलित’ शब्दलाई संविधानमा उल्लेख गर्नु नै पापकर्म भएको टिप्पणी गरे।

 

 

गौतमले भेदभाव गर्ने कसैलाई पनि थोरै शब्दिक व्यवहार भए पनि आजीवन कारावास हुने प्रावधान बनाउनुपर्ने प्रस्ताव समितिसमक्ष राखे। त्यस्ता अपराध गर्नेको सम्पत्ति जफत गरी पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने उनको माग छ।

 

‘दलित भन्नु अत्याचार र अमानवियता हो। त्यसलाई कानुुनी र संवैधानिक मान्यता दिइरहने काम गलत हो,’ नेता गौतमले भने। उनले संविधान संशोधन गरेर यस्तो शब्दावली हटाउनुपर्ने बताएका छन्।

 

 

गौतमका अनुसार भेदभाव गर्ने व्यक्तिको परिवारभित्र हिस्सा तोकी सम्पत्ती जफत गरी पीडितलाई उपलब्ध गराउने व्यवस्था हुँदा मात्र वास्तविक क्षतिपूर्ति सम्भव हुन्छ।

 

त्यसैगरी, उनले सरकारले चाहेमा २० खर्व रुपैयाँ खर्च गरेर भए पनि दलित समुदायका लागि आवासको व्यवस्थापन गर्नुपर्ने धारणा राखे।

 

बैठकमा प्रस्तुत आफ्नो प्रस्तावमा गौतमले दलित समुदायमाथिको विभेदलाई ‘अपराधपूर्ण र पापपूर्ण’ गतिविधि भन्दै राज्यले कडा कदम चाल्नु

पर्ने बताए।