तीन महिनमा सुनको आयात ४७९ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोज महिनामा कुल १० अर्ब ६५ करोड ५७ लाख बराबरको सुन आयात भएको हो।
गत वर्ष सोही अवधिमा १ अर्ब ८२ करोड ९६ लाख बराबरको मात्रै सुन आयात भएकोमा यो वर्षको पहिलो त्रैमासमै सुन ४७९ प्रतिशतले बढेको हो।
सुनले मूल्यमा ऐतिहासिक रेर्कड कायम गरेकै बेलामा नेपालमा सुन आयात ह्वात्तै बढ्न पुगेको हो ।
सरकारले अर्थतन्त्र चालायमान गराउन पनि सुन आयात गर्न पाउने सिमा बढाएको थियो । जसको असर आयातमा देखिएको हो।