नेपाल टेलिकमले पुरानो महशुल बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने घोषणा गरेको छ।
टेलिकमले आज सूचना जारी गर्दै दूरसञ्चार सेवा उपभोग गरेबापतको आव ०७९/८० सम्मको बक्यौता रकम मिति २०८२ मंसिर १ गतेदेखि आगामी माघ मसान्तसम्म भुक्तानी गरे त्यस्तो छुट हुने जानकारी गराएको हो।
अन्यथा त्यस्ता ग्राहकको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइनेचेतबनीसमते टेलिकमले दिएको छ।
