आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्थाबारे छलफल गर्न आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ।
दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि पहिलोपटक केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको हो।
बैठक गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा आज दिउँसो ३ बजे मन्त्रालयमा बस्ने उनको सचिवालयले जनाएको छ।
बैठकमा निर्वाचन सुरक्षाको तयारीबारे छलफल हुने बताइएको छ।
कार्कीलाई यही कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको हो।