कर्णाली याक्सबाट खेल्न काठमाडौं आईपुगे प्रियांक

 संवाददाता    २०८२, २९ कार्तिक शुक्रबार १०:५३     84 जनाले पढ़िसके



Spread the love

कर्णाली याक्स स्पोट्स प्रालिबाट खेल्न भारतका प्रियाङ्क किरित पञ्चाल नेपाल आएका छन्।

उनी बिहिबार राति एयर इन्डियाबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि काठमाडौं उत्रिएका हुन् ।

ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टीमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय प्रियांकले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । उनले १२७ खेलमा आठ हजार ८ सय ५६६ रन बनाएका छन् । जसमा २९ सतक र ३४ अर्धसतक समावेश छन् । यस्तै, लिष्ट एमा ९७ खेल खेल्दा ८ सतकसहित ३ हजार ६ सय ७२ रन बनाएका हन् । टी-२० तर्फ ५९ खेलमा ९ अर्धसतकसहित १ हजार ५ सय २२ रन बनाएका छन् ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।