सूचक हरियो, कतिको सेयर किनबेच?

 संवाददाता    २०८२, २८ कार्तिक बिहीबार १५:५३     82 जनाले पढ़िसके



Spread the love

सेयरबजार बिहीबार ०.३१ अंकले हरियो भएको छ। नेप्से उक्त अंकले बढेर २५४४.९१ विन्दुमा थामिएको हो।

यस दिन ७६ लाख कित्ता सेयर बिक्री भएको छ भने कुल कारोबार ३ अर्ब ४९ करोडको भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन १२३ वटा सेयर बढे पनि १२४ वटाको मूल्य घटेको छ। त्यस्तै आठवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

बिहीबार माबिलुङ इनर्जी र श्वेत गंगा हाइड्रोको सेयरमा उछाल आउँदा सागर डिस्टिलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर पनि सर्किट हाराहारीमा बढेको छ।

यता नेपाल माइक्रो इन्स्योरेन्सको भने ४.८२ प्रतिशतले घटेको छ। यो नै आजको उच्च गिरावट दर हो।

कारोबारमा भने आज हिमालयन पावर पार्टनर अगाडि छ। कम्पनीको १६ करोडको कारोबार भएको छ। आज कम्पनीहरुको सेयरमा ठूलो कारोबार नहुँदा समग्र कारोबार रकम साढे ३ अर्बमा खुम्चिन पुगेको हो।

यस दिन विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र अन्य समूह राताम्य छन् भने बाँकी हरियो छन्।