सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

 संवाददाता    २०८२, २७ कार्तिक बुधबार १६:२१     118 जनाले पढ़िसके



Spread the love

सिन्धुलीको दुधौली नगरपालिका४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १०२००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २०१००१ प २१४२ नम्बरको मोटरसाइकल तथा मप्र.०२००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा दुधौली३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।का अनुसार उनीहरू बोल्न समेत नसक्ने अवस्थामा छन् ।

दुर्घटनाग्रस्त मप्र.०२००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको छ । ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते चारै जनालाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन्

रासस