घोराही सिमेन्टले पनि तिर्‍यो विद्युत महसुल, विद्युत लाइन जोडियो

 संवाददाता    २०८२, २७ कार्तिक बुधबार १६:१८     100 जनाले पढ़िसके



Spread the love

डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको घोराही सिमेन्टले पनि बक्यौताको पहिलो किस्ता तिरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कम्पनीले पहिलो किस्तास्वरुप १ करोड ८१ लाख रुपैयाँ बुझाएको हो।

योसँगै प्राधिकरणले काटेको लाइन पनि जोडिदिएको छ।

वर्षौँदेखि प्राधिकरण र उद्योगीबीच बक्यौता विवाद छ। पछिल्लो समय जसरी पनि बक्यौता उठाउने प्राधिकरणको अडान, सर्वोच्चले अन्तरिम आदेश समेत नदिएको कारण उद्योगीहरुले बक्यौता तिर्न थालेका हुन्।

ठूलो परिमाणमा बक्यौता तिर्नुपर्ने भएपछि प्राधिकरणले उद्योगीलाई २८ किस्तामा तिर्न सकिने सुविधा दिएको छ।