एसएमसी एपबाट सजिलै पैसा कमाउन सकिने भन्दै ठगी, साइबर ब्युरोले भन्योः यस्ता प्रलोभनमा नपर्नु

 संवाददाता    २०८२, २७ कार्तिक बुधबार १५:४२     242 जनाले पढ़िसके



Spread the love

ब्युरोका अनुसार यो ठगीमा सुरुमा छिटो पैसा कमाउन सकिने तथा साथीलाई रिफरल गरेर थप बोनस समेत पाउन सकिने किसिमका प्रलोभन देखाइन्छ । त्यसपछि अकाउन्ट रिचार्ज गर्नुपर्ने, कर तिर्नुपर्ने लगायतका बहाना बनाई ठगी गर्ने प्रवृत्ति देखिएको ब्युरोले जनाएको छ ।

ब्युरोले यो स्क्याममा प्रयोग भएको एक पोस्टको स्क्रिनशट समेत सार्वजनिक गरेको छ । जसमा स्यालरी विथड्रल शेड्युल राखिएको छ । यस किसिमका ठगीबाट बच्न अपनाउनुपर्ने सावधानी समेत ब्युरोले सुझाएको छ ।

जसअनुसार कम्पनी तथा संस्थाको पृष्ठभूमि राम्रोसँग अध्ययन गर्न, कम्पनीको भौतिक ठेगाना, रोजगारदातासँग फेसबुक मेसेन्जर, ह्वाट्सएप तथा टेलिग्राममा मात्र कुराकानी हुन्छ कि प्रत्यक्ष भेटेरै अन्तर्वार्ता दिन मिल्छ ? कम्पनीसँग कारोबार गर्दा कम्पनीको नभई कुनै व्यक्तिगत खातामा लेनदेन गर्दै हुनुहुन्छ ? आदि कुरामा विचार गर्न र अनलाइन पढेका सबै कुरा साँचो नहुने कुरा ख्याल राख्न ब्युरोले अनुरोध गरेको छ ।

  • अप्रत्याशित लिङ्क तथा चिट्ठा पेको भन्दै आएका मेल / लिङ्कहरूको विश्वासमा परी क्लिक नगरौँ ।

  • विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भन्दै रकम माग गरेमा समेत विश्वासमा नपरौँ ।

  • आफ्नो गोप्य फोटो / भिडिओ तथा व्यक्तिगत जानकारी जो कोहीसँग शेयर नगरौँ ।

  • आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलागौँ ।

  • पेसबुकमा ‘Sponsered’ भनि आउने अनलाइन जागिर तथा प्रलोभनको पछि नपरौँ

  • चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी एकीन गरौँ । किन भने त्यो आईडी ह्याक भएको पनि हुन सक्छ ।

  • सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय-समयमा परिवर्तन समेत गरौँ ।

  • सम्भव भएसम्म अनलाइन अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसन (2FA) वा मल्टिफ्याक्टर अथेन्टिकेसन (MFA) प्रयोग गरौँ । यो भनेको पासवर्डसँगै ओटीपी समेत राख्नुपर्ने व्यवस्था हो ।

  • सार्वजनिक स्थानमा उपलब्ध फ्रि वाईफाईमा बैङ्किक कारोबार वा संवेदनशील जानकारी आदनप्रदान नगरौँ ।

  • कम्प्युटर तथा ल्यापटपलाई समय समयमा अपडेट गरौँ । विश्वसनीय एन्टी – भाइरस प्रणालीहरू प्रयोग गरौँ ।

  • जरुरी विवरण तथा डेटाहरूको नियमित ब्याकअप (जस्तै हार्ड ड्राइभ वा क्लाउड) गर्ने गरौँ ।

  • बालबालिका तथा घर परिवारका सदस्यहरूसँग प्रविधिको प्रयोग तथा अनलाइनमा हुन सक्ने खतराहरूको बारेमा कुराकानी गरौँ ।