विगत चार दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा आज उल्लेख्य मात्रामा गिरावट आएको छ।
सुनको मूल्य आज तोलामा दुई हजार एकसय रुपैयाँ घटेर दुई लाख ४४ तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बिहीबार, शुक्रबार, आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य आज घटेको हो।
सुनको मूल्य हिजो तोलामा चार हजार नौसय रुपैयाँ बढेर दुईलाख ४६ हजार चारसय रुपैयाँ पुगेको थियो।
सुनको मूल्य हिजो तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।
आइतबार सुनको मूल्य तोलामा चारसय रुपैयाँ बढेको थियो भने गएको बिहीबार र शुक्रबार तोलामा ६–६ सय रुपैयाँ बढेको थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार एकसय ७५ रुपैयाँ कायम भएको महासं
घले जनाएको छ।