जेनजी आन्दोलनमा भागेका अर्का कैदी पनि पक्राउ

 संवाददाता    २०८२, २६ कार्तिक मंगलवार १४:१९     144 जनाले पढ़िसके



Spread the love

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भागेका अर्का कैदी पनि पक्राउ परेका छन्। हाडनाता करणीको मुद्दाका कैदी काली बाबा भन्ने भरत लामिछाने भदौ २४ गते नक्खु कारागारबाट भागेका थिए।

मकवानपुरको हैटौँडा नगरपालिका-१६ का उनलाई प्रहरीले काठमाडौँको मनहरा नगरपालिका-६ श्रीनगरबाट पक्राउ गरेको हो।

उनलाई २५ वर्ष कैद र १ लाख जरिवाना तोकिएको छ। काठमाडौँ प्रहरीले उनलाई ललितपुर नक्खु कारागार पठाइएको पनि जनाएको छ।