जेन–जी आन्दोलनका क्रममा उपद्र गर्ने रास्वपाका कार्यकर्ता पक्राउ

 संवाददाता    २०८२, २६ कार्तिक मंगलवार १२:१७     157 जनाले पढ़िसके



Spread the love

जेन–जी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन् ।

कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी बिन्दु थापाको घरमा अगजनी गर्नेसम्मको भूमिकामा उनी सक्रिय थिए । प्रहरीले मंगलबार विहान उनलाई पक्राउ गरेको हो ।

पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष थिए । आफैँ अध्यक्ष भएर संस्थाको रकम अपचलन गरेपछि उनी प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन् । उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए ।

उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने प्रवक्ता डीएसपी बस्नेतले बताए ।