बिजुलीका पोल बोकेको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

 संवाददाता    २०८२, २६ कार्तिक मंगलवार ११:१०     108 जनाले पढ़िसके



Spread the love

बिजुलीका पोल बोकेको ट्र्याक्टर गए राति मुगुमा दुर्घना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइने भएका छन्।

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो। ट्र्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।

बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए। विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्र्याक्टरको ‘ब्रेक फेल’ भई करीब ७०० मिटर तल खसेको हो।

दुर्घटनामा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, हुम्लाको अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी घाइते भएका छन्। घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको छ।