साढे १६ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ

 संवाददाता    २०८२, २६ कार्तिक मंगलवार ११:०८     130 जनाले पढ़िसके



Spread the love

काठमाडौंमा जुवातास खेल्ने खेलाउने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ लुङकोटका दिवाकर महर्जनको घरको घरमा जुवातास खेलिरहेका तथा खेलाउने गरी १५ पुरुष र ६ जना महिलालाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट प्रहरीले १६ लाख ५३ हजार रुपैयाँ पनि बरामद गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।