सुनको मूल्य एकैदिन तोलामा ५ हजार बढ्यो, चाँदीको भाउ पनि उच्च वृद्धि

 संवाददाता    २०८२, २६ कार्तिक मंगलवार ११:०५     68 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो।

सुनको मूल्य आज तोलामा चार हजार नौसय रुपैयाँ बढेर तोलाको दुईलाख ४६ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य हिजो तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।

आइतबार सुनको मूल्य तोलामा चारसय रुपैयाँ बढेकाे थियो भने गएको बिहीबार र शुक्रबार तोलामा ६–६ सय रुपैयाँ बढेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १०५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार एकसय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।