सेयर बजारमा गिरावट जारी, नेप्से ४ अंकले घट्दा साढे चार अर्बको कारोबार

 संवाददाता    २०८२, २५ कार्तिक सोमबार १६:५०     86 जनाले पढ़िसके



Spread the love

सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से ४.१५ अंकले घटेर दुई हजार पाँच सय ६१.९४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेको छ।

आज ३२७ कम्पनीका ८६ लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ५१ करोड ४४ लाख आठ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज ९१ कम्पनीका सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ।

नेप्सेका १३ समूहमध्ये चार समूहमा वृद्धि देखिएको छ भने बाँकी सबै समूहका सूचक घटेका छन्। होटेल तथा पर्यटन एक प्रतिशतभन्दा धेरैले उकालो लाग्दा जलविद्युत्, लगानी र व्यापार समूह एक प्रतिशतभन्दा कमले बढेका छन्। बाँकी सबै समूह एक प्रतिशतभन्दा कमले गिरावट भएका हुन्।

बजार घटे पनि दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, बुंगाल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटेलका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन्। तर, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने रुरु जलविद्युत् परियोजना आठ प्रतिशतभन्दा बढीले घटेको छ।