जेनजीको नाममा सार्वजनिक सम्पत्ति जलाएको आरोपमा माओवादी नेता वसन्तराज अधिकारी पक्राउ परेका छन् ।
जनयुद्धकालदेखि नै अधिकारी माओवादी पार्टीमा सक्रिय थिए । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी टोलीले अधिकारीलाई गोग्ली स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र शाहले अधिकारीले हिजो बेलुका घरबाट नै नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको बताए ।
जिल्ला ट्राफिक कार्यालय दाङ, कांग्रेस दाङको पार्टी कार्यालय लगायत घोराहीका सार्वजनिक सम्पत्ति आगजनी, तोडफोडमा अधिकारीले आफैले टिकटक बनाई हालेका थिए ।
दाङ प्रहरीले यसअघि अधिकारीलाई घोराही सिमेन्टमा लफडाबाजी गरेको आरोपमा थुनेर मुद्दा चलाएको थियो ।