रेल्वे विभागले पोडवे सम्बन्धी अध्ययन प्रतिवेदन उपलब्ध गराउन सुचना निकाल्यो

 पोडवे     २०८२, २५ कार्तिक सोमबार १६:३१     802 जनाले पढ़िसके



Spread the love

रेल विभागले हालै केही दिन अघि राजधानी दैनिकमा काठमाडौं उपत्यका भित्र पोडवे सम्बन्धी अध्ययन गरेको भए सो सम्बन्धी विवरण तथा प्रतिवेदन भए उपलब्ध गराइदिन भन्दै ७ दिनको सार्वजनिक सुचना नै निकालेको छ। पोडवे एक स्ट्रींगमा आधारित माइक्रो रेल प्रणाली हो। रेल्वे विभागले सुचनामा भनेको छ `

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

रेल विभाग

विशालनगर काठमाण्डौ

​काठमाण्डौ उपत्यका मित्र पोडबे यातायात संचालन सम्बन्धमा कुनै पनि निकायहरुबाट अध्ययन गरे गराइएको भए सो सम्बन्धि अध्ययन प्रतिवेदन लगायतका कागजातहरु रेल विभागमा उपलब्ध गराइ दिनुहुन अनुरोध छ।

अध्ययन प्रतिवेदन पेश गर्ने स्थान: रेल विभाग, विशालनगर, काठमाण्डौ वा mail id: dorwkathmandu1@gmail.com

रेल विभागले निकालेको सुचना

यससंगै अब पोडवे सम्बन्धी अध्ययन गरेका जुन कुनै निजि तथा सरकारी संस्थाले आफुले अहिले सम्म गरेका अध्ययन अनुसन्धानका विवरण बुझाउन सक्नेछन।